मोहनको नयनमा प्राश्ना (भिडियो)



गायिका प्रशना पाण्डेको स्वरमा रहेको ‘मायाको न्यानो पन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द प्रसाद उपाध्यायको शब्द तथा अनिल शाहीको संगीत रहेको गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।

दुबईमा छायांकन गरिएको भिडियोमा नायक मोहन बोगटी र गायिका प्रशना प्रस्तुत छन् । सुरेश राउतले सम्पादन गरेको भिडियोको निर्देशन र छायांकन रोहित विक्रम कार्कीले गरेका हुन् ।

भिडियोमा अभिनय गरेका नायक बोगटी अभिनीत तथा निर्मित चलचित्र ‘मेरी कुशुस’ यसै वर्ष प्रदर्शनमा आएको थियो । उनी चाँडै नयाँ चलचित्रको तयारीमा छन् ।

दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरेका नायक बोगटीसँग ‘मायाको न्यानो पन’ बोलको गीतको म्यूजिक भिडियोमा प्रशनाको जोडी गज्जबको देखिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu