यस्तो छ ‘उल्झन’को फर्स्टलुक



युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्ने चलचित्र ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । फर्स्टलुकमा चलचित्रका तीन मुख्य पात्रलाई फोकस गरिएको छ । नायक ध्रुव दत्त, नायिका रजनी के.सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन् ।

चलचित्रको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । यो चलचित्र नेपालमा भने चैत २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu