‘राज्जा रानी’ मेरो लागि महत्वपूर्ण : नाजिर हुसेन



नायिका केकी अधिकारी र नायक नाजिर हुसेन अभिनीत चलचित्र ‘राज्जा रानी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राज्जा बनेका नाजिरले रानी उर्फ केकीसँग पहिलो पटक अनस्क्रिन रोमान्स गरेका हुन् । दाइजो प्रथाको कथा बोल्ने यो चलचित्रबाट नाजिर र केकीलाई ठूलो आश छ ।

सोमवार पत्रकारसँग कुराकानीको क्रममा नाजिरले ‘राज्जा रानी’को प्रदर्शन मिति नजिकिँदै गर्दा मनमा डर र चिन्ता दुवै भएको बताए । उनले भने, ‘लामो समयपछि पर्दामा फर्किएको छु । ुगाँठोुपछि हलमा आउन लागेको फिल्म मेरो ‘राज्जा रानी’ नै हो । ‘गाँठो’ व्यवसायिक रुपमा सफल भएन । त्यसैले ‘राज्जा रानी’ जति महत्वपूर्ण छ मेरो लागि त्यो मलाई मात्र थाहा छ ।’

‘कसैले तपाई भनोस् नभनोस् आफैं मपाई’ हुन खोज्ने राज्जा यादवको भूमिका आफूले फिल्ममा निर्वाहा गरेको पनि नाजिरले खुलाए । यस्तै, नायिका केकी अधिकारीले ‘राज्जा रानी’ हेरेर दर्शकले इन्जोय गर्ने बताइन् । यो चलचित्रलाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् ।

‘राज्जा रानी’मा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’का कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu