केकीलाई नाजिरले जब जुरुक्कै बोके… (भिडियो)



नायक नाजिर हुसेन र नायिका केकी अधिकारी अभिनीत चलचित्र ‘राज्जा रानी’ यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला निर्माण पक्षले चलचित्रकोे प्रचारलाई आक्रामक बनाएको छ । केहीदिन अगाडि मात्र राजधानी बाहिरका विभिन्न जिल्लामा चलचित्रको विषयमा जानकारी दिएर काठमाडौं फर्किएका नाजिर र केकीले मंगलवार काठमाडौंका दर्शकसँग प्रत्यक्ष भेट गरे ।

पिंगलास्थान नजिकै रहेको खाली चौरमा चलचित्रको निर्माण टीमले ‘राज्जा रानी’को विषयमा जानकारी दिन कन्सर्ट आयोजना गरेको थियो । सयौं युवा-युवतीको उपस्थिति रहेको कन्सर्टमा केकी र नाजिरले जमेरै रमाइलो गरे । केकीले मैथिली गीत गाइन् भने ‘चिपक चिपक’ बोलको गीतमा नाजिरसँग ठुम्का पनि लगाइन् । कन्सर्टमा केकी र नाजिरका फ्यानहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


दर्शकलाई मनोरञ्जन दिने क्रममा नाजिरले एक्कासी केकीलाई जुरुक्कै बोके । केकी पनि नाजिरले बोक्दा खुब हाँसेकी थिइन् । नाजिर र केकीको जोडीलाई देख्दा दर्शकहरु भने मख्ख देखिन्थे । केहीबेर यो जोडी कन्सर्टमा उपस्थित दर्शकको सेल्फीमा पनि रमाए ।

‘राज्जा रानी’लाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’का कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

भिडियो –

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu