युट्युबको नेपाल ट्रेन्डिङ एकमा ‘यति यति पानी’ (भिडियो)



यो समाचार तयार पार्दासम्म यस वर्षको बहुप्रतिक्षीत नेपाली चलचित्र ‘कृ’ को ‘यति यति पानी’ बोलको गीत युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा आएको छ । युट्युबमा अपलोड भएको ३ तीनमा सुरेन्द्र पौडेल निर्देशित यो फिल्मको गीत पहिलो स्थानमा पुग्न सफल भएको हो ।

यो गीत आइतवार दिउँसो २ बजे अपलोड गरिएको थियो । युट्युबमा ‘कृ’ गीतलाई १९ लाख ‘भ्यू’ र ३६ हजार लाइक्स मिलेको छ । नेपाली चलचित्रका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् । कमेन्टमा अधिकांशले अनमोलको डान्सको तारिफ गरेका छन् ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ । गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।

सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu