‘पटुकी’ अब माघ १९ मा



चलचित्र ‘पटुकी’को रिलिज डेट सरेको छ । यसअघि पुष २१ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्र अब माघ १९ गतेबाट रिलिज हुनेछ । नयाँ प्रदर्शन मिति सँगै चलचित्र निर्माण टीमले ‘पटुकी’को नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ ।

‘पटुकी’मा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.कको करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । राम नेपाल फिल्मका निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu