‘डा. महशुर गुलटी’ काठमाडौंमा



भारतका चर्चित कमेडियन सुनिल ग्रोवर अर्थात्, ‘डा. महशुर गुलटी’ काठमाडौं आएका छन् । शुक्रवार राजधानीको एक पाँच तारे होटलमा हुन लागेको कर्पोरेट शोमा सहभागी हुनका लागि ग्रोवर बिहीवार नेपाल आएका हुन् । नेपाल उर्लिए लगत्तै उनी पशुपति मन्दिरमा दर्शनका लागि पनि पुगेका छन् ।

सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर आफ्नो आधिकारीक इन्स्टाग्राममा राखेका छन् । उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ ।

गजिनी, बागी, हिरोपन्ती, कफि विथ डी लगायतका बलिउड चलचित्रमा समेत काम गरेका सुनिलले शुक्रवार काठमाडौंको एक पाँचतारे होटलमा आफ्नो कमेडीको जादू छर्नेछन्।

उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu