सकियो ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन



नेपाली कथामा निर्माण भएको पहिलो अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन सकिएको छ । चलचित्रको बाँकी छायांकन भने अमेरिकाको लस एन्जल्समा हुुने विहिबार फिल्म निर्माण कम्पनी ट्रीसिटी पिक्चर्सले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दियो । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले चलचित्रको बजेट पाँच करोड रहेको बताए ।

‘भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको छन् । भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन् । हलिउडमै सुटिङ र पोस्टप्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’, निर्माता उद्दिनले भने ।

निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको ‘कागबेनी’ हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए । चलचित्रले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा ‘द म्यान फ्रम काठमाण्डू’ हो ।

चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । निर्माता उद्दिनका अनुसार चाँडै चलचित्रको नेपाल रिलिज मिति घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu