सन्की मान्छेको कथामा ‘शेरबहादुर’



‘शेरबहादुर’ सन्की मान्छेको कथामा निर्माण भएको चलचित्र हो । अवकाश प्राप्त एक आर्मीको कथामा यो चलचित्र घुमेको छ । निडर, सन्की र बलियो पात्र ‘शेरबहादुर’ चलचित्रको मुख्य पात्र हो । ‘शेरबहादुर’ आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउँछन् । त्यही योजनाभित्र रुमलिएका अन्य पात्रसँगको अवस्था चलचित्रले चित्रण गरेको छ ।

चलचित्रको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मुख्य भूमिका फिल्ममा रहेको छ । एक्सन, रोमान्स, ड्रामा समाबेश चलचित्रप्रति निर्माण पक्ष अपेक्षित छन् ।

आउँदो माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आएपनि यो कुनै राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ । यस चलचित्रको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दाबी छ । चलचित्रका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायाँकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu