निर्देशक विशाललाई जन्मदिनमा ‘कोहलपुर एक्सप्रेस २’ उपहार



बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सिक्वेल निर्माण हुने भएको छ । आइतवार चलचित्रका निर्देशक विशाल भण्डारीको जन्मदिनको अवसरमा निर्माता तथा अभिनेत्री केकी अधिकारी र अर्का निर्माता भद्र बहादुर शाहीले चलचित्रको सिक्वेल घोषणा गरे ।

केकीले भनिन्, ‘के कस्तो हुन्छ भविष्यमा त्यो त आफ्नो ठाउँमा छ । सकारात्मक रुपमा सुरु गरौँ भन्ने हिसाबले निर्देशक भण्डारीलाई ‘कोहलपुर एक्सप्रेस’को सफलता पश्चात सिक्वेल निर्देशन गर्ने जिम्मेवारी सुम्पिएका छौं ।’ उनका अनुसार, सिक्वेल बन्नका लागि नै चलचित्रको कथा सोही अनुसार टुंग्याइएको छ ।

निर्देशक विशालले आफ्नो लागि यो ‘सरप्राइज’ रहेको बताए । यसै चलचित्रबाट म्यूजिक भिडियोका हिट निर्देशक भण्डारीले निर्देशनमा डेब्यू गरेका हुन् । केकी बाहेक प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको चलचित्रमा प्रमूख अभिनय रहेको छ ।

केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको यो चलचित्रमा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाईँ निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu