‘मंगलम’ को ‘बम्पर उपहार’ गीत रिलिज (भिडियो)



केही दिन अगाडि मात्र फागुन २५ गते प्रदर्शनमा आउने कन्फर्म भएको चलचित्र ‘मंगलम’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बम्पर उपहार’ बोलको गीतमा प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द छ ।

नायक पृथ्वीराज प्रसाइँ र नायिका शिल्पो पोखरेल फिचरिङ गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । यसअघि चलचित्रमा समावेश ‘पर्ख पर्ख मायालु’ बोलको गीत सार्वजनिक भएको थियो ।

चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ । चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu