‘नेप्टे’ को ‘सुपारी काँचो’ गीतमा वुद्दिको ठुम्का (भिडियो)



माघे सङ्क्रान्तिको अवसर पारेर चलचित्र ‘नेप्टे’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रमा समावेश ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गर्‍यो ।

गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द सृजना रहेको छ । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् ।

किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् ।

चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu