जान्नुहोस्, कति छ कैटरीनाको सम्पत्ति ?



बलिउड अभिनेत्री कैटरीना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजेन पेशाले एक वकिल हुन् ।

बलिउड स्टार सलमान खानसँग उनको पहिलो भेट सन् २००३ मा भएको थियो । उनीहरु त्यसपश्चात ७ वर्षसम्म प्रेम सम्बन्धमा रहे । सन् २०१० मा उनीहरुको ब्रेकअप भएको थियो ।

त्यसपछि उनको जीवनमा अभिनेता रणवीर कपुर आए । रणवीरकै लागि उनले सलमानलाई छाडेको हल्लाले त्यतिखेर बलिउडमा ठूलै चर्चा पाएको थियो । तर, सन् २०१५ मा यो जोडीको पनि ब्रेकअप भयो । एक स्टाइलिस जीवन जिउन रुचाउने कटरिनाको लाइफस्टाइल पनि उत्तिकै चर्चा हुने गर्छ ।

कटरिनासँग नेटवर्थ ५ मिलियन रहेको छ । उनी १० मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । भारतीय मिडियाका अनुसार, उनी एउटा चलचित्र खेलेको ३ देखि ५ करोडसम्म लिने गर्छिन् ।

अधेरी वेस्ट मुम्बइमा उनको फ्ल्याट छ । लण्डनमा पनि उनको करोडौंको सम्पत्ति छ । उनीसँग लाखौं पर्ने तीन कार छन् । उनी अउडी क्विउ-३ (३७.५ लाख), मर्सिटिज एमएल-३५० (६४.७ लाख) र अउडी क्विउ-७ (८१.७ लाख) कार चड्ने गर्छिन् ।

कैटरीना कुशल अभिनेत्री मात्र होइनन् । उनी आफ्नी आमाको च्यारिटिबल ट्रस्ट ‘द रिलीफ प्रोजेक्ट्स इन्डिया’सँग पनि जोडिएकी छिन्, जसले भारतमा भ्रूणहत्या रोक्ने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu