सकियो ‘मिस्टर भर्जिन’ छायांकन



तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सम्पन्न भएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीत खिचिएसँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो ।

उक्त गीतमा छुल्ठिमका अलावा नायक गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन् । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

‘मिस्टर भर्जिन’मा गौरव पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेका छन् । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लि.को ब्यानरमा बनेको चलचित्रलाई बिशारद बस्नेतको निर्देशन गरेका हुन् । यस चलचित्रमा गौरब, बिजय र कमलमणिका अलावा मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ । चलचित्रलाई मिलन डी. काप्रीले सम्पादन गर्दैछन् भने चलचित्रको टेक्निकल सुपरभाइजरका रुपमा दशरथ गिरी रहेका छन् ।

मिस्टर भर्जिनमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu