दिक्पाललाई देखेपछि सारिकाको ‘मुखै चिसो’ (भिडियो)



‘के देखेर माया लायौ….’ गीतको भिडियोले चर्चा पाइरहँदा नायिका तथा गायिका सारिका घिमिरेले ‘मुखै चिसो बनायो मुलको पानीले…’ गीतको भिडियो स्रोता दर्शकमाझ ल्याएकी छन् । सञ्चारकर्मी शान्तिप्रियको शब्द रहेको यो गीतमा दीपक शर्माको सङ्गीत रहेको छ ।

राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो निक्कै राम्रो बनेको छ । मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले’लेमा राजन लामाको छायांकन, रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको छ ।

गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारिकाले रोमान्स गरेका छन् ।

दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu