‘डिट्ठा साब’ले घोषणा गरे ‘चङ्गा’



हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले चलचित्र निर्देशनमा हात हालेका छन् । बुधवार उनले निर्देशन गर्ने चलचित्र ‘चङ्गा’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।

अर्को वर्षको जेष्ठ ११ गते प्रदर्शनमा ल्याउने तयारीसहित घोषणा गरिएको यो चलचित्रमा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् । रविन आचार्यले खिच्ने चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ ।

निर्देशक भण्डारी भन्छन्, ‘चङ्गा’ विशुद्ध नेपाली मनोरञ्जनात्मक चलचित्र बन्दैछ । म ‘डिट्ठा साब’ भएर फिल्म बनाउँदै छैनँ मात्र किशोर भण्डारी भएर बनाउँदैछु ।’ यस्तै, चलचित्रका लिड कलाकार राजन खतिवडाले फिल्ममा आफू कठिन मिहिनेत गर्न तयारी अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu