‘इन्टु मिन्टु लन्डनमा’को पोस्टरमा साम्राज्ञी र धिरजको जोडी



कोरियोग्राफर रेनाशा वान्तवा राईले पहिलो पटक निर्देशन गरिरहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायांकन पुरा भएको छ ।

नेपालको सबै र युके छायांकनको पहिलो तालिका पुरा हुँदा निर्माण टिमले चलचित्रको फस्टलुक स्वरूप मुख्य कलाकारसहितको तस्विरहरु सार्वजनिक गरेको छ । जहाँ साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर प्रस्तुत छन् ।

चलचित्रको बाँकी २५ प्रतिशत छायांकन बसन्त ऋतुको अवसर पारेर चैत-बैशाखमा युकेमै हुनेछ । चलचित्रमा युकेका थुप्रै रमणीय दृश्यहरु पनि कैद गरिएको निर्माण टिमले बताएको छ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा शारुक ताम्राकारको पनि मुख्य भूमिका छ । यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट शारुकले अभिनयमा डेब्यु गरेका थिए ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu