‘रुपै मोहनी’लाई युट्युबमा ५० लाख ‘भ्यूज’ (भिडियो)



चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । सार्वजनिक भएको तीन सातामै यस गीतलाई पचास लाख भन्दा बढीले हेरिसकेका छन् । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् ।

तराई र काठमाण्डौमा छायाँकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu