प्रत्येक फिल्ममा नयाँ नायिका किन ? यस्तो भन्छन् अनमोल (भिडियो)



युवा स्टार अनमोल केसी हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्ने नायकको रुपमा परिचित छन् । डेब्यू चलचित्र ‘होस्टेल’ देखि ‘कृ’ सम्म आइपुग्दा उनले कुनै पनि नायिकासँग दोहोर्‍याएर काम गरेका छन् ।

उनी अभिनीत नयाँ फिल्म ‘कृ’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा पनि अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग काम गरेका छन् ।

प्रत्येक फिल्म नयाँ नायिकासँग काम गर्नु अनमोलको रोजाई त होइन ? ठूलोपर्दा टिभीसँगको कुराकानीको क्रममा अनमोलले भने, ‘सबैलाई लाग्छ होला कि यो मेरो निर्णय हो । तर, नायिका छनौटमा मेरो हात हुन्नँ । निर्देशक र निर्माताले नै नायिका छनौट गर्नुहुन्छ । मैले बरु आफ्नो सर्कलमा उ राम्रो हुन सक्छ भन्छु तर फाइनल चाहिँ मेरो हातमा हुँदैनँ ।’

उनले आफू नयाँसँग मात्र नभएर सबै कलाकारसँग काम गर्न इच्छुक रहेको पनि बताए । अनमोल अगाडि भन्छन्, ‘म फिल्म इन्ड्रष्ट्रीको सबै जनासँग काम गर्न चाहन्छु ।’

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।

सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu