१२७ करोडका मालिक हुन् महेश बाबु



४ वर्षको उमेरदेखि अभिनय करिअर सुरु गरेका साउथका सुपरस्टार महेश बाबु करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् ।

२००५ मा मिस इन्डिया र बलीवुड एक्ट्रेस समेत रहेकी नम्रता शिरोडकरसँग विवाह गरेका महेशसँग आकर्षक कार कलेक्सन पनि छ । उनको हैदराबादमा एक लग्जरी महल छ, जसको मूल्य अहिलेको अवस्थामा करीब ११ करोड भारतीय रुपैयाँ पर्छ ।

महेश बाबु एक फिल्मका लागि करीब १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्छन । उनले बाल कलाकार भएर १९९० सम्म दर्जनौ फिल्ममा काम गरे । यसपछि उनले आफ्नो कलेजको अध्ययनका लागि अभिनयबाट ब्रेक लिए ।

१९९९ मा उनले मुख्य भूमिकामा फिल्म ‘राजा कुमारुदु’ बाट डेब्यू गरे । यो फिल्ममा प्रिटी जिन्टाको पनि अभिनय थियो । यो फिल्म सुपरहिट भएको थियो । उनले ‘मुरारी’, ‘बबी’, ‘ओक्काडू’, ‘अर्जुन’ , ‘पोकिरी’ , ‘बिजनेसम्यान’, ‘आगदु’ , ‘ब्रह्मोत्सवम’ सहित कयौं फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu