‘बजरंगी भाईजान’ले रिलिज अगावै चीनमा तोड्यो आमिरको रेकर्ड



बलिउड सुपरस्टार सलमान खानको वर्ष २०१५ मा आएको बल्कबस्टर फिल्म ‘बजरंगी भाईजान’ २ मार्चबाट चीनमा रिलिज हुँदैछ । भारतमा यो फिल्मले ३ सय २० करोड कलेक्सन गरेको थियो । अब यो फिल्म चीनमा आमिर खानको फिल्मको रेकर्ड तोड्नका लागि तयार छ ।

रिलिज अगाडि नै सलमानको ‘बजरंगी भाईजान’ले आमिरको चीनमा रिलिज भएको फिल्मको रेकर्ड तोडेको छ । खासमा, चीनमा सलमानको यो फिल्म ८ हजार स्क्रिन्समा रिलिज हुनेछ, जुन आमिरको ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’भन्दा बढी हो । ‘दंगल’ चीनमा ७ हजार र ‘सिक्रेट सुपरस्टार’ ५ हजार स्क्रिनमा रिलिज भएको थियो ।

चाइनीज भाषामा डब गरेर ‘बजरंगी भाईजान’ प्रदर्शन गरिदैछ, जसपछि फिल्मको टाइटल चीनमा ‘लिटिल लोलिता मंकी गड अंकल’ हुनेछ । ‘पिके’ र ‘दंगल’ले चीनमा २ हजार करोडको कमाई गरेका थिए । यस्तै, ‘सिक्रेट सुपरस्टार’ले पनि प्रदर्शनको दुई दिनमा सय करोडभन्दा बढी कलेक्सन गर्न सफल भएको छ ।

चीनमा जसरी ‘बजरंगी भाईजान’लाई सबैभन्दा बढी स्क्रिन्स मिलेको छ, यसबाट के स्पष्ट हुन्छ भने सलमानको यो फिल्मले कयौं सारा रेकर्ड तोड्नेछ । कविर खान निर्देशित यो फिल्ममा सलमान खान, नवाजुद्दिन सिद्धिकी, करिना कपुर र बाल कलाकार हर्षाली मल्होत्राको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu