‘दबंग ३’ मा पनि सलमान ‘चुलबुल पाण्डे’



‘दबंग’ लाई बलिउडस्टार सलमान खानको करिअरको टर्निङ प्वाइन्टको रुपमा हेरिन्छ । यही फिल्मबाट उनले एक्सन स्टारको छवि बनाएका हुन् । यसको लगातार दुई सिक्वेल सुपरहिट भइसकेको छ । अब चाँडै दर्शकले ‘दबंग ३’ पनि हेर्न पाउनेछन् ।

सलमानको होम प्रोडक्सनबाट भाइ सोहेल खानले ‘दबंग–३’ निर्माणको तयारीमा आफूहरू जुटेको बताएका छन् । यसमा पनि सलमान चुलबुल पाण्डेकै रूपमा प्रस्तुत हुँदैछन् । सलमान अहिले फिल्म ‘रेस–३’को सुटिङमा व्यस्त छन् । यसपछि उनले नयाँ फिल्म ‘भारत’ मा काम गर्ने भनेका थिए ।

तर, फेब्रुअरीमा ‘रेस–३’ को छायांकन सकिएलगत्तै उनी ‘दबंग–३’ को तयारीमा जुट्ने भएका छन् । ‘दबंग–३’ को सुटिङ आगामी अप्रिलबाट सुरु हुनेछ ।

सलमानले एक अन्तर्वार्तामा भने, ‘हालै मात्र मलाई ‘दबंग–३’ को स्क्रिप्ट दिइएको हुनाले अहिले म स्क्रिप्ट अध्ययनमा छु । स्क्रिप्टका हिसाबले यो फिल्म मस्ती, ड्रामा, इमोसन, एक्सन सबै कुराले पूर्ण छ ।’यो फिल्मा नायिकाको अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu