कृतिले किनिन् भारु ८० लाखको कार



अभिनेता सुशान्त सिंह राजपुत कथित प्रेमिका तथा अभिनेत्री कृति सेननले नयाँ कार किनेकी छिन् । उनले हालैमात्र अडिक्यु ७ कार किनेकी हुन् । यो कारको मूल्य भारतमा ८० लाख पर्छ ।

सन् २०१४ को ‘हिरोपन्ती’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी कृतिले प्रतिफिल्म तीन करोड पारिश्रमिक लिने गरेको बताइन्छ । हिरोपन्तीपछि उनी शाहरुख खान, काजोल र वरुण धवनका साथ ‘दिलवाले’ फिल्ममा काम गरेकी थिइन् ।

यतै, उनले सन् २०१७ मा सुशान्तका साथ ‘राब्ता’ र आयुष्मान खुरानाका साथ ‘बरेलीकी बर्फी’मा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu