डान्स स्कुल उद्घाटनमा दीपाश्री र प्रियंका



चर्चित अभिनेत्री प्रियंका कार्की र निर्देशक एवं हास्यकलाकार दीपाश्री निरौलाले संयूक्त रुपमा ‘ग्यालेक्सी डान्स स्कुल’ को उद्घाटन गरेका छन् । मंगलबार यी दुईले मन्डिखाटरमा सञ्चालनमा आउन लागेको डान्स स्कुलको पानसमा बत्ति बालेर उद्घाटन गरे ।

कार्यकममा निर्देशक निरौलाले उक्त डान्स स्कूलले प्रतिभावान कलाकारको उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिन् ।

यस्तै, नायिका कार्कीले पनि डान्स प्रतियोगिता हुनु आफैंमा राम्रो काम भएको र यस्ता प्रतियोगिता निष्पक्ष हुनु पर्ने विचार राखिन् ।

यस डान्स स्कूलले नयाँ प्रतिभाको खोजी गर्न सघाउने संस्थाका अध्यक्ष प्रकाश घलेले बताए । संस्थाले देशभरबाट नव-प्रतिभाहरुको छनौट गरेर डान्स प्रतियोगिताको आयोजना समेत गर्न लगेको संस्थाका व्यवस्थापन प्रमुख रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu