बन्ने भयो ‘जात्रा’ को सिक्वेल



वर्ष २०७३ को हिट चलचित्र ‘जात्रा’ को सिक्वेल निर्माण हुने भएको छ । पुरानै टीमले निर्माण गर्ने ‘जात्रा २’ लाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक भट्टराईको नै हुनेछ । प्राप्त जानकारी अनुसार, ‘जात्रा २’ को छायांकन वर्ष २०७५ को जेठ पहिलो साताबाट सुरु हुनेछ ।

निर्देशक भट्टराईले भने, ‘अहिले हामी चलचित्रको सुरुवात चरणमा छौं । ‘जात्रा’ जहाँबाट अन्त्य भएको थियो चलचित्र त्यहीबाट सुरु हुन्छ । तर, कथा भने नयाँ हुनेछ ।’ उनका अनुसार, ‘जात्रा’ को सिक्वेलमा पुरानै कलाकारहरु दोहोरिने छन् ।

शुक्रवार साँझ ‘जात्रा’ युट्युबमा रिलिज हुँदैछ । ‘जात्रा’ को सिक्वेलमा पनि वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका हुने निर्देशक भट्टराईले जानकारी दिए ।

चलचित्रमा नयाँ कलाकारहरुको पनि अभिनय रहनेछ । रविन्द्र सिंह बाँनियाले चलचित्र निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu