माझी बस्ती बनाउन ‘कान्छी’ को म्युजिकल नाइट



स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले स्व.अभिनेता श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन यही माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ तथा रेड कार्पेटको आयोजना हुने भएको छ ।

होटल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ टिमसहित नेपाली चलचित्र र सांगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् ।

कार्यक्रममा श्वेतासँगै अभिनेता दयाहाङ राई, चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायकधर्मेन्द्र सेवनले आफ्नो दमदार प्रस्तुती दिनेछन् ।

यस्तै, हाँस्यव्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ । कार्यक्रम सञ्चारकर्मी नरेश भट्टराई र पुर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् ।

विशेषतः माझी बस्ती निर्माणमा सहयोग जुटाउन ‘कान्छी म्युजिकल नाइट २०१८’ आयोजना गरिन लागिएको श्वेताले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu