सुब्रतले घोषणा गरे ‘सुश्री सम्पत्ति’, सारासँग सलोनको रोमान्स



नायिका सारा सिर्पालीसँग नायक सलोन बस्नेतले रोमान्स गर्ने फिल्म ‘सुश्री सम्पत्ति’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रका कलाकार र निर्माण टीमको उपस्थितिमा चलचित्रको निर्माण घोषणा गरिएको हो । सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने यो चलचित्रमा नायिका प्रियंका कार्कीको गेस्ट रोल रहने छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रको छायांकन फागुन १५ गतेबाट सुरु हुनेछ । निर्देशक आचार्यले चलचित्रको अधिकांश छायांकन पोखरामा हुने जानकारी दिए । उनले भने, ‘नाम अनुसार नै चलचित्रको कथा तयार भएको छ । सुख सुविधामा हुर्किएकी एक युवतीको कथा चलचित्रले बोल्छ ।’

वर्ष २०७५ को तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउने यो चलचित्रको नाम जुराउने सञ्चारकर्मी कृष्ण भट्टराईलाई कार्यक्रममा निर्माण टीमले १० हजार नगद पनि प्रदान गर्‍यो । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि चलचित्रमा प्रमुख भूमिका हुनेछ ।

सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिन प्ले अभिमन्यूकै रहेको छ ।

नायिका साराले ‘सुश्री सम्पत्ति’ को कथा र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न लागेको बताइन् । नायक सलोनको भनाई पनि यस्तै छ । नायिका प्रियंका कार्कीले निर्देशक आचार्यको आग्रहमा चलचित्रमा काम गर्न लागेको बताइन् । उनले भनिन्, ‘भूमिका राम्रो भएका कारण पनि चलचित्रमा गेस्ट रोल गर्न लागेकी हुँ ।’

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

तश्बिर : मिलन ढुंगाना

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu