अन्ततः आनन्दसँग सोनमको बिहे पक्का



बलिउड अभिनेत्री सोनम कपुरले विवाह गर्ने निर्णय गरेकी छिन् । भारतीय मिडियाका अनुसार, आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनी लामो समयदेखि आनन्द आहुजाको प्रेममा थिइन् ।

सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै उनी फेसन डिजाइनर थिइन् । आनन्द भने उद्यमी हुन् ।

यो जोडीलाई सोनमका पिता अनिल कपुरले भने खासै राम्रो मानेका थिएनन् । तर, छोरीले प्रेमी नछाड्ने ढिप्पी कसेपछि अन्ततः उनी राजी भएका छन् ।

छोरीको प्रेमलाई विवाहमा परिणत गर्न पिता तयार भएपछि नै सोनम विवाहका लागि कस्सिएकी हुन् । आमा र भाइले पनि सोनमको निर्णयलाई समर्थन दिएको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu