कस्तो देखियो अनमोल र अदितीको केमेष्ट्री ? (फोटोफिचर)



चलचित्र ‘कृ’ माघ २६ गतेबाट देशव्यापी रिलिज हुँदैछ । यो चलचित्रमा अनमोल केसी र नव नायिका अदिती बुढाथोकीको लिड रोल छ । यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्रको एउटा गीत स्कटल्याण्डमा खिचेर यसको निर्माणपक्ष नेपाल फर्किएको छ ।

‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डको रमणिय स्थानमा ३ दिन लगाएर खिचिएको छ । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियो भोली विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । यसैविच, गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । जसमा, अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् ।

सुरेन्द्र पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu