सृष्टिको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक (भिडियो)



फागुन १८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण यूनिटको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

यो चलचित्र दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । नायिका बेनिशा हमालले चलचित्रमा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् ।

चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित यो चलचित्र फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका बेनिशाले आफ्नो लागि ‘ब्लाइन्ड रक्स’ मा सृष्टिको भूमिका न्यायपूर्वक निर्वाहा गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।

भिडियो :-

एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको कथा यम थापा र सुमन उप्रेतीले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu