ऋचाको ‘सुपर गोर्खे’ अब बैशाख ७ मा



चलचित्र ‘सुपर गोर्खे’ अब आउँदो वर्षको बैशाख ७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले गर्दा चलचित्रको यस वर्षको प्रदर्शन मिति तोकिएको थियो ।

०७५ को बैशाख ७ गते भने चलचित्रको अन्तिम प्रदर्शन मिति रहेको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले बताइन् । नेपालसँगै अष्ट्रेलियामा पनि ‘सुपर गोर्खे’ लाग्ने मिति तय भएको ऋचाले बताइन् ।

त्यहाँ रहेका नेपालीमाझ अप्रिल ८ तारिखमा चलचित्रलाई देखाइने ऋचाको भनाई छ । ‘सुपर गोर्खे’ लाई राज थापाले निर्देशन गरेका हुन् । तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा सौरभ लामाको छायांकन छ ।

चलचित्रमा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । अविर हाउस प्रोडक्सनमा बनेको चलचित्रले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu