‘पञ्चेबाजा’ को स्याड भर्सन गीत रिलिज (भिडियो)



फागुन ११ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको नेपाली चलचित्र ‘पञ्चेबाजा’ को नयाँ गीत रिलिज भएको छ । स्याड भर्सनको ‘म केही बोलुँ’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत छ भने राहुल विश्वासको स्वर तथा सविन एकतारेको शब्द छ ।

यो चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ ।

चलचित्रमा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu