‘शत्रु गते’ को टिजर हलमा



गीतसंगीत र स्टारकास्ट मार्फत चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । प्रदर्शनरत चलचित्र ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् । यो टिजर चाँडै युट्युबमा पनि सार्वजनिक गर्ने तयारीमा निर्माण यूनिट छ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि यो चलचित्रको हाइप बढ्दो छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu