किन छाडे वर्षा र प्रशान्तले ‘रानीमहल’ ?



‘ऐश्वर्य’ भिलेन प्रशान्त ताम्राकार र ‘पशुपतिप्रसाद’ फेम अभिनेत्री वर्षा सिवाकोटीले एकसाथ चलचित्र ‘रानीमहल’ बाट हात झिकेका छन् । केही दिन अगाडि काठमाडौंको पाँचतारे होेटल अन्नपूर्णमा चलचित्रको शुभ मुहूर्त गरिएको थियो ।

आखिर किन छाडे त वर्षा र प्रशान्तले चलचित्र ? दुवैको एउटै गुनासो छ चलचित्रको छायांकन सुरु हुन सकेन । नायिका वर्षाले ‘रानीमहल’ का लागि आफूले चार वटा चलचित्र छाडेको सुनाइन् ।

उनले भनिन्, ‘मैले असारमै चलचित्र साइन गरेकी थिएँ । तर, माघ सकिन लाग्दासम्म पनि चलचित्रको छायांकन सुरु भएन । म फागुनसम्म पनि पर्खिन तयार थिएँ तर छायांकन तत्काल सुरु नहुने भएपछि म बाहिरिएकी हुँ ।’ उनले साइनिङ अमाउन्ट पनि फिर्ता गरिसकेकी छिन् ।


यस्तै, प्रशान्तले पनि चलचित्रको छायांकन ढिला सुरु हुने भएपछि ‘रानीमहल’ छाडेको जानकारी दिए । उनले भने, ‘अफिसियल रुपमा मैले साइनिङ अमाउन्ट फिर्ता गर्दै चलचित्र छाडिसकेको छु । चाँडै मेरो नयाँ चलचित्र ‘रणवीर’ को छायांकन सुरु हुँदैछ । म एकसाथ दुई चलचित्रको सुटिङ गर्न सक्दिनँ । त्यसैले ‘रानीमहल’ छाडेँ ।’

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘रानीमहल’ मा आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायत नयाँ कलाकारहरुको मुख्य भूमिका रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu