चितवन पुगेर दया र श्वेताले भने- ‘कान्छीले दर्शकको मन जित्छ’



फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई चितवन पुगेका छन् । चितवस्थित भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै ‘कान्छी’ ले दर्शकलाई रिझाउने श्वेता र दयाले विश्वास दिलाए ।

‘कोहिनूर’ पछि चलचित्र निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माईत घर रहेको समेत बताइन् । ‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माईती घर भन्न रुचाउँछु ।’

स्व.निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन पुग्दा श्वेताले सम्झिइन् । ‘श्वेताको कान्छी धेरै सफल होस् । यसैगरी हिम्मत गरेर अगाडी बढ्नु’, ज्ञानुले भनिन् ।

यस्तै, अभिनेता दयाले चलचित्र ‘कान्छी’ समसामयिक कथा वस्तुमा राम्रो फिल्म बनेको बताए । उनले भने, ‘सानो सपना र ठुलो दुःख भोगाइको नै कान्छी हो । तर यही पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो ।’

आकाश अधिकारी निर्देशित चलचित्र युनिटसँग काम गर्दा रमाईलो र सजिलो रहेको अनुभव पनि दयाले सुनाए ।

याम थापाको कथा रहेको कान्छीमा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, नायिका अनु शाह, कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu