सुरु भयो पूजा र आकाशको ‘रामकहानी’



अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘रामकहानी’ को छायांकन आरम्भ भएको छ । मंगलवार पोखराको माथिल्लो रमणिय डाँडा कास्कीकोटमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।

नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले पहिलो टेक दिए । सुदर्शन थापाले चलचित्र निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि उनकै हो । निर्देशक थापाका अनुसार, कास्कीकोटमा करीब २ हप्तासम्म चलचित्रको छायांकन चल्ने छ भने बाँकी काठमाडौंमा हुनेछ ।

४५ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकाउने तयारीमा निर्माण यूनिट छ । ‘रामकहानी’ को रिलिज डेट भदौ २२ गतेलाई तोकिएको छ ।

पूजा र सुदर्शनको संयूक्त लगानी रहने चलचित्रमा जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’ का गीतमा अर्जुन पोखरेलको संगीत रहने छ । सौरभ लामाले चलचित्र खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu