‘लिलिबिली’ को शीर्ष गीत रिलिज, प्रदीपसँग रिसाइन् जसिता (भिडियो)



चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत रिलिज भएको छ । ‘लिलिबिली लिलिबिली घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा प्रदीप आफ्नी रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ ।

एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ ।

मिलन चाम्स निर्देशित यो चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा चलचित्रको छायांकन गरिएको हो ।

निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए ।

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

भिडियो :-

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu