‘कान्छी’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)



भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यो मन रमाउँदै’ बोलको ओएसटी गीतमा नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फिचर्ड छन् । उनिहरु प्रेमको कुरा गर्दैछन् ।

गीतमा अञ्जु पन्त र युवराज चौलागाईँले स्वर दिएका छन् । दीवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोखरेलले मिठो संगीत भरेका छन् । भोली शुक्रवारबाट झण्डै ७० बढी पर्दामा लाग्ने ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu