‘हुर्रे’ को देश दौडाहा पोखराबाट सुरु



अनुपबिक्रम शाही र केकी अधिकारी स्टारर चलचित्र ‘हुर्रे’ को देश दौडाहा पोखराबाट सुरु भएको छ । बिहीवार पोखरामा प्रेसमिट गर्दै चलचित्रका कलाकारले ‘हुर्रे’ कमेडी प्रधान रहेको बताए । यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित यस चलचित्रको लगानी भने हालसम्म यकिन गरिएको छैन ।

चलचित्रकी मुख्य पात्र अभिनेत्री केकी अधिकारीले ‘हुर्रे’ मा आफ्नो रोल ‘मेनका’ को रहेको बताइन् । प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाहा गरेकी उनले पोखरा नेपाली चलचित्र उद्योगका लागि दोश्रो ठूलो घर रहेको समेत उल्लेख गरिन् ।

चलचित्रका अर्का पात्र हास्यकलाकारको रुपमा समेत परिचित राजाराम पौडेलले ‘हुर्रे’ ले फेरी आफू पुनः १६ वर्ष उमेरमा फर्किएको बताए । उनले चलचित्रको हिट गीत ‘ठेकीमा दही’ मा केकीसँग ठुम्का लगाउन पाउँदा १६ वर्ष उमेरको छँदाको झझल्को दिलाएको रमाइलो प्रशंग झिके ।

याम थापाको लेखन तथा निर्देशनमा बनेको ‘हुर्रे’ मा केकी, अनुप, राजारामका अलावा अंकित खड्का, विजय बराल, संगीता नापित लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu