श्रीकृष्णको परिवारले ‘कान्छी’ हेरे, श्वेता भक्कानिइन् (भिडियो)



स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठका परिवारले शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ हेरेका छन् । शुक्रवार राजधानीको बिग मुभिजमा आयोजित प्रेस शोमा श्रीकृष्णका आफन्तहरुको बाक्लो उपस्थिति थियो ।

चलचित्र हेरेपछि श्रीका दाई र दिदीहरुले आफ्नो बुहारीको अभिनय निकै राम्रो लागेको बताए । चलचित्र हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् ।

चलचित्रकर्मीबाट पाएको प्रतिक्रिया सुनेपछि अभिनेत्री तथा निर्माता श्वेता खड्काले आँसु रोक्न सकिनन् । उनले बरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई अंगालो मार्दै भक्कानिएर रोइन् ।

चारैतिर मिडिया भएका कारण आफूलाई सम्हाल्दै उनले भनिन्, ‘म रोएको होइन । मेरो कामलाई यति धेरै माया गर्दिनु भयो कि मैले आफूलाई सम्हाल्न नै सकिनँ । मैले आज शिव रेग्मी सरलाई धेरै सम्झिएकी छु । उहाँको निधन हुँदा म निकै दुखी भएकी थिएँ । मैले आज अर्को शिव रेग्मी सर पाएँ आकाश अधिकारी ।’

उनले अगाडि थपिन्, ‘श्री दादालाई पनि निकै सम्झिएँ । मैले उहाँको कामलाई निरन्तरता दिँदा उहाँका दर्शकको लेभल ब्रेक हुन्छ कि जस्तो लागेको थियो । आज उहाँ एकदम खुसी हुनुहुन्छ होला ।’ यस्तै, अभिनेता दयाहाङ राईले चलचित्रबाट पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको सुनाए ।

चलचित्रका प्रमुख कलाकारहरु प्रज्जवल सुजल गिरी, अशान्त शर्मा, विनोद न्यौपाने, तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठलगायतका कलाकारहरु पनि ‘कान्छी’ हेर्न बिग मुभिज पुगेका थिए ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ लाई श्वेता आँफैले निर्माण गरेकी हुन् । श्वेताले चलचित्रमा ‘कान्छी’को भूमिका निर्वाह गरेकी छिन् ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu