‘अनुराग’ गीतमा सरोजसँग एलिजाले लगाइन् ठुम्का (भिडियो)



पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनीत चलचित्र ‘अनुराग’ को पहिलो गीत सार्वजनिक भएको छ ।

जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको ‘कान्छा दाई’ बोलको क्लब सङमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र फिल्मकी लिड अभिनेत्री एलिजा फिचरिङ छन् ।

ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको गीतमा ताराको संगीत र ममताको शब्द छ । विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् ।

यो चलचित्रमा एलिजाले नव-नायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । एलिजा फिल्मसको ब्यानरमा निर्माण भएको ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ ।

रामकुमार केसीले खिचेको चलचित्रमा किरण दाहालको कथा छ । चलचित्रका निर्देशक सत्यराज चौलागाई हुन् ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भरत गौतम र गीता भेटवाल चलचित्रको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu