‘कृ’ को ‘उकालीमा पछि पछि’ गीत सार्वजनिक (भिडियो)



माघ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’ को नयाँ गीत रिलिज भएको छ । पहिलो हप्ताबाट सफलतापूर्वक दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको अवसरमा निर्माण यूनिटले चलचित्रको ‘उकालीमा पछि पछि’ बोलको गीत सार्वजनिक गरेको हो ।

अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा अनमोल र नायिका अदिती बुढाथोकी फिचरिङ छन् । गीतमा अनमोल रिसाएकी अदितीलाई फकाइरहेको देख्न सकिन्छ ।

प्रदर्शनको ६ दिनमा ५ करोड ग्रस विजनेश गरेको ‘कृ’ ले दोस्रो हप्तामा ७० बढी हल पाएको निर्माता सुवास गिरी बताउँछन् । चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् ।

‘कृ’ मा अनमोल र अदितीसँगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

भिडियो :-

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu