‘क्विन’ जोडी फेरि एकसाथ



‘क्विन’ जोडी कंगना रनावत र राजकुमार रावले फेरि एकपटक सँगै काम गर्ने भएका छन् । झन्डै चार वर्षपछि दर्शकले उनीहरूलाई एकसाथ देख्न पाउने भएका हुन् । मनोवैज्ञानिक थ्रिलर विषयको नयाँ चलचित्रको सुटिङ मार्चदेखि लन्डन र मुम्बईमा हुनेछ ।

एकता कपुर र शैलेश आर सिंहको संयुक्त निर्माणमा बन्ने चलचित्रको निर्देशन प्रकाश कोवलमुडीले गर्नेछन् ।

कंगना यतिबेला ‘मणिकर्णिका’ को सुटिङमा व्यस्त छिन् भने राजकुमार ‘एक लड्कीको देखा तो ऐसा लगा’ र ‘स्त्री’ नामक फिल्मको तयारीमा छन् ।

नाम तय नभएको उक्त चलचित्रको स्क्रिप्ट कंगना र राजकुमार दुवैलाई औधी मन परेको भारतीय मिडियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu