‘रणवीर’ बन्ने, प्रशान्त फेरि भिलेन



नेपाली चलचित्र ‘रणवीर’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा चलचित्रको निर्माण घोषणा गरियो ।

प्रशान्त ताम्राकार, शुशील सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टिका पहारी, रवि गिरीलगायतका कलाकारहरुको अभिनय रहने चलचित्रमा ‘रणवीर’ को भूमिकामा शुशील देखिँदैछन् ।

एक्सन, रोमान्स र कमेडी जनरामा निर्माण हुने चलचित्रलाई गोेविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनकै हो । फागुन ७ गतेबाट फ्लोरमा जान लागेकोे चलचित्रको निर्माण लागत २ करोड रहने निर्माता गोमा विष्ट थापाले जानकारी दिइन् ।

गोमालाई दीपेन्द्र रेग्मीले लगानीमा साझेदारी गरेका छन् । काठमाडौं, धनगढी, महेन्द्रनगर र डडेलधुरा लगायतका स्थानमा छायांकन हुने चलचित्रले एक पढेलेखेको र जाँगरिलो युवकको जीवनमा आउने विभिन्न मान्छे र परिस्थितिको कथा बोल्नेछ ।

महेश पौडेलको छायांकन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमृत श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको द्वन्द्व रहने यो चलचित्र प्राची फिल्मस् र डि.आर. फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu