मोफसल दौडाहामा ‘पञ्चेबाजा’ टिम



फागुन ११ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पञ्चेबाजा’ को युनिट मोफसलको प्रमोसनल दौडाहामा निस्केको छ ।

पोखराबाट सुरु भएको चलचित्रको मोफसल पब्लिसिटी बुटवल, चितवन, हेटौंडा हुँदै धरानसम्म हुने निर्माता राजेश शाहीले जानकारी दिए । मोफसलमा निर्माण टिमले चलचित्र हेर्न सबै दर्शकहरुलाई आह्वान गरेको छ ।

चलचित्रको बारेमा बोल्दै अभिनेत्री जस्मिन श्रेष्ठले ‘पञ्चेबाजा’ बाट आफूलो ठूलो अपेक्षा राखेको बताइन् । यस्तै, निर्देशक घनश्याम लामिछानेले एक गाउँका तीन पात्रको कथा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

चलचित्रमा सौगात मल्ल, कर्मा शाक्य, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu