जलजलालाई सहयोग गर्न जब सलिनमान टिचिङ पुगे…(भिडियोसहित)



दुबै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी गायिका जलजला परियारलाई चलचित्र ‘ए मेरो हजुर २’ टिमले सहयोग गरेको छ ।

बिहीवार टिचिङ अस्पताल मै पुगेर चलचित्रका नायक सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले कूल ७६ हजार नगद हस्तान्तरण गरे ।

‘ए मेरो हजुर २’ को बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार जलजलालाई प्रदान गरिएको हो ।


सहयोग हस्तान्तरण पछि सामाजिक सेवामा आफू अभिनीत चलचित्र क्रियाशिल भएकोमा सलिनले खुसी व्यक्त गरे । उनले भने, ‘म पनि सामाजिक कार्यमा सक्रिय हुन चाहन्छु । बेलाबखतमा साथीहरुसँग मिलेर हामीले बालबालिकालाई सहयोग पनि गरेका छौं ।’

निर्माता थापाले आगामी दिनमा पनि ‘ए मेरो हजुर २’ को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम समाज सेवामा खर्च गर्ने उद्घोष गरे ।

यस्तै, जलजलाका पिता नारायण बहादुर दर्जीले ‘ए मेरो हजुर २’ टिमबाट प्राप्त सहयोगले छोरीलाई थप हौसला प्रदान गरेको बताए । उनले भने, ‘मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै धेरै दिन लाग्ने भएपछि अब हामी भारत जान लागेका छौं । हामीलाई अझ सहयोगको खाँचो छ ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu