चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’ आउने



अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको चलचित्र चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको चलचित्र कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । चलचित्रको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।

नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको चलचित्रप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउँछिन । ‘हिरोज’ मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu