फ्राइडे रिलिजः ‘पञ्चेबाजा’ र ‘साढे ७’



दुई नेपाली चलचित्र ‘पञ्चेबाजा’ र ‘साढे ७’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । ‘घिन घिन मादल’ बोलको गीतका कारण पनि चर्चामा रहेको ‘पञ्चेबाजा’ ले एक गाउँका तीन पात्रको कथाको कथा बोल्छ ।

अभिनेत्री जस्मिन श्रेष्ठका लागि अभिनेता द्वय सौगात मल्ल र कर्मा शाक्यको द्वन्द्व चलचित्रमा प्रस्तुत गरिएको छ । सौगात थिएटर आर्टिस्टको भूमिकामा देखिएका छन् । घनश्याम लामिछाने निर्देशित चलचित्रका निर्माता राजेश शाही हुन् ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

यस्तै, २०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको चलचित्र ‘साढे ७’ मा गायक सत्यराज आचार्य लिड रोलमा छन् । सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । चलचित्रका निर्देशक साम्तेन भुटिया हुन् ।

चलचित्रमा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । चलचित्रमा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाहा गरेका छन् । चलचित्रमा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu