दोस्रो सातामा ‘कान्छी’, मोफसल लागिन् श्वेता



अभिनेत्री तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘कान्छी’ ले दोस्रो हप्तामा आफ्नो प्रदर्शन प्रारम्भ गरेको छ । वितरक गोपालकाजी कायस्थका अनुसार, दोस्रो सातामा पनि फिल्मले ७५ भन्दा बढी हल पाएको छ ।

प्रदर्शनको एक हप्ता नाघ्दा पनि ‘कान्छी’ को कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन । चलचित्र प्रदर्शनको दोश्रो सातामा ‘कान्छी’ टिम मोफसल यात्रामा निस्किएको छ । नायिका तथा निर्मात्री श्वेता खड्का, नायक विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन् ।

‘खासमा हामी खुसी साट्न मोफसल निस्किएका हौं’, श्वेताले भनिन्, ‘कान्छीलाई राजधानी सँगै मोफसलका दर्शकले पनि राम्रो साथ दिनु भएको छ । उहाँहरुलाई धन्यवाद दिन हाम्रो युनिट मोफसलका मुख्य शहरमा निस्किएको हो ।’

निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई भने व्यस्तताका कारण मोफसल जान नपाएको श्वेताले बताइन् । रिलिज पूर्व नै लगानी सुरक्षित गरिसकेको फिल्मलाई दर्शकबाट सुखद साथ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu