सुन्नुहोस्, यस्तो छ ‘इन्टु मिन्टु लन्डनमा’ को ‘थाहै भएन’ गीत



कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को ‘थाहै भएन…’ बोलको लिरिकल अडियो गीत रिलिज भएको छ । गीतमा स्वप्न सुमनको शब्द, संगीत र स्वर समावेश छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरका रोमान्टिक तश्बिरहरु प्रस्तुत गरिएको छ । प्रदर्शन मिति तय भैनसकेको चलचित्रको नेपाल छायांकन सकिएको छ । यूके छायांकनको दोस्रो तालिका भने बाँकी छ ।

बसन्त ऋतुको अवसर पारेर चैत वा बैशाखमा चलचित्रको दोस्रो चरण छायांकन गरिने निर्माण टिमले बताएको छ । प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । आभास कर्माचार्यको संवाद छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको ‘इन्टु मिन्टु लन्डनमा’ मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu